प्रदेश सांसद खड्का चढेको गाडी दुर्घटना

Share:

काठमान्डौ/रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका-३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो।

 

कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ।

 

गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् । घटनाको थप अनुसन्धान अघि बढाएको छ।

 

Share: