बढ्यो सुन–चाँदीको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? (आजको बजार मुल्यसहित)

184
0
Share:

काठमान्डौ/साताको पहिलो दिन अर्थात् आइतबार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

 

शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।

Share: