समयमा नै कोरिया जान नपाएको भन्दै ईपीएस शाखा घेराउ

213
0
Share:

काठमान्डौ/ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् । एक कार्यकाल पुरा गरी कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै उनीहरु नेपाल इपीएस सेन्टर ग्वाकोको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

 

उनीहरूले आज कार्यालय प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका छन् । नयाँसँगै भाषा परीक्षा पास गरेको भएपनि नपठाएको भन्दै विरोध जनाएका हुन् । आफूहरूको माग पुरा नगरे सडक आन्दोलनमा उत्रिने प्रदर्शनमा उत्रिका युवाहरु बताउँछन् ।

 

Tagseps
Share: