सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

172
0
Share:

काठमान्डौ/सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।

Share: