ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरुङसहित ५ जना पक्राउ

310
0
Share:

काठमान्डौ/ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । गुरुङ नक्सालस्थित उनकै निवासबाट पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम छन् ।

Share: