सुनको मूल्य घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ? आजको बजार मूल्य हेर्नुहोस्

301
0
Share:

काठमान्डौ/साताको चौँथो दिन आज सुनको भाउ घटेको छ । हिजो प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

हिजो छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

Share: