साउदी अरबमा बन्दुक आक्रमण, नेपाली सुरक्षा गार्डको मृत्यु

211
0
Share:

काठमान्डौ/साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बीबीसीले लेखेको छ ।

 

अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ । घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।

 

रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।

Share: