सुरु भयो कोशी प्रदेश सभा बैठक

160
0
Share:

काठमान्डौ/कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो ।

 

आजको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिदैछन् । विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका थिए ।

 

तर,नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने र जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेका छन् । पार्टीहरूले मत नदिने र तटस्थ बस्ने निर्णय गरेसँगै कोशीमा कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

Share: