
काठमान्डौ/शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्याएको हो ।
बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डले जनाएको छ ।
उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको बोर्डले जनाइएको छ ।