सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ? (बजारभाउसहित)

301
0
Share:

काठमान्डौ/कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।

Share: