अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी जारी

229
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निवेदनमा जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न अनुमति दिएको हो ।

 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर नेपाल सरकारको सचिव हुँदा बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ ।

 

भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललितानिवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए ।

Share: