विश्वकप छनोट : आज नेपाल र युएई भिड्दै

208
0
Share:

काठमान्डौ/नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२स्४५ बाट सुरु हुनेछ।

 

यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएई एक दिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र युएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।

 

नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

Share: