सुन–चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्यसहित)

161
0
Share:

काठमान्डौ/हप्ताको पहिलो कारोबार दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

 

शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो ।

Share: