धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई गरी लियोले मनायो ‘लियो नयाँ वर्ष २०२३/२४’

224
0
Share:

काठमान्डौ/लियो क्लबको नयाँ वर्ष २०२३/२४, नयाँ लियो क्लब वर्षको शुभअवसरमा काठमाडौंको कोटेश्वरमा रहेको महादेवस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ । लियो जिल्ला परिषद् ३२५ यम नेपाल अन्तर्गत पर्ने काठमान्डौ, पोखरा, मकवानपुर ,दुलेगौंडा क्षेत्रमा पर्ने क्लबद्वारा मन्दिर, पर्यटक स्थल सरसफाई गरी आफ्नो नयाँ वर्ष मनाएको हो ।

 

उक्त कार्यक्रममा काठमान्डौ क्षेत्रमा लियो जिल्ला परिषद ३२५ यम नेपालका जिल्ला अध्यक्ष लियो आश्विन खतिवडा, जिल्ला सचिव लियो प्रलाद आचार्य, जिल्ला कोषाध्यक्ष लियो राजन भुसाल, जिल्ला सँयोजक लियो निश्चल हमाल, लियो प्रवेश कुमार कार्की, क्षेत्रीय सँयोजक तथा विभिन्न क्लबका अध्यक्ष साथै सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

त्यसै गरी पोखरामा जिल्ला उपाध्यक्ष लियो प्रेम राज तिवारी, जिल्ला सह कोषाध्यक्ष लियो रमेश पाण्डे, प्रमुख क्षेत्रिय सँयोजक सन्तोष बराल साथै विभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share: