पर्सि परराष्ट्रमन्त्री साउद अजरवैजान जाने

125
0
Share:

काठमान्डौ/परराष्ट्रमन्त्री एनपी साउद अजरवैजान जाने भएका छन् । वाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद असार १९ गते राति त्यसतर्फ जाने भएका हुन् ।

 

मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदलाई भ्रमण अनुमतिसमेत दिइसकेको छ । वाकुमा यही असार २० र २१ गते मन्त्रिस्तरीय बैठक हुनेछ । साथै असार १८ र १९ मा उच्च अधिकारी बैठकसमेत हुनेछ। परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली त्यसतर्फ जाने भएका हुन् ।

 

असार २२ गते मन्त्री साउद स्वदेश फर्किनेछन् ।

Share: