
काठमान्डौ/काठमान्डौ महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरु गरेको छ ।
राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको नगर प्रहरीले जनाएको छ । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।
बालुवाटार स्थित एनआरएनएको कार्यालय नजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।