आज कानुन व्यवसायीले बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस नगर्ने

161
0
Share:

काठमान्डौ/नेपाल बार एशसिएशनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । अधिवक्ता अमिर लामिछाने पक्राउको विरोधमा नेपाल बारले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको हो ।

 

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने भने रिहा भइसकेका छन् । देशभरका अदालतका कर्मचारीले आइतबार तीन घण्टा काम नगरी विरोध जनाएपछि नेपाल बारले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा आज (सोमबार)बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।

 

ललितपुर बार एशोसिएसनले ललितपुर जिल्ला अदालत अगाडि आज बिहान ११ बजे विरोधसभा आयोजना गरेको छ ।

Share: