घट्यो सुनको मूल्य, चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

160
0
Share:

काठमान्डौ/कारोबार दिनको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

 

हिजो प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Share: