तिनाउ नदीमा बाढीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह

Share:

काठमान्डौ/देशका विभिन्न क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । उक्त स्थान भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

 

तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

 

Share: