राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

146
0
Share:

काठमान्डौ/राष्ट्रिय सभाको बैठक आज वानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको छ ।

 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०’सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, विनियोजन विधेयक २०८० का विभिन्न शिर्षकहरुमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित शीर्षकहरूमाथिको छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

Share: