Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अर्घाखाँचीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु – Lekhanpeeth

अर्घाखाँचीमा पहिरोमा परी तीन बालबालिकाको मृत्यु

317
0
Share:

काठमान्डौ/अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

 

पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाध्यक्ष पोखरेलले बताए ।

 

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ ।

Share: