मन्त्रीको ध्यान संस्कृतितिर गएन

181
0
Share:

काठमान्डौ/मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको छलफल कार्यक्रममा सांसद रामचन्द्र राईले नागरिक उड्डयनको पाटोमा बढी ध्यान दिई मन्त्रीहरुले संस्कृतितिर ध्यान नदिएको आरोप लगाए ।

 

नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्नुहुँदै उहाँले ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको बताए । भौतिक एवं अभौतिक सम्पदा संरक्षणमा मन्त्रालयले ध्यान दिन नसकेको राईको भनाइ थियो । संस्कृतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेर भौतिक एवं अभौतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँले बताए ।

 

बैठकमा सांसद गोपाल भट्टराईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामचन्द्र राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौती र शारदादेवी भट्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि छुट्याइएको बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये चार मन्त्रालयका विषयमा विचार राखेका थिए ।

 

छलफलमा भाग लिनुहुँदै सांसद सोनाम गेल्जेन शेर्पाले सगरमाथा चढेको स्पष्ट परिभाषा बनाइनुपर्नेमा जोड दिए । यो परिभाषालाई कानुनमै राखिनुपर्ने उहाँको माग थियो । आधार शिविर कसरी बनाउने भन्ने मापदण्ड बनाउनुपर्ने शेर्पाले बताए । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखे ।

Share: