एमालेको विरोधकाबीच लुम्बिनी प्रदेशको विनियोजन विधेयक पारित

Share:

काठमान्डौ/लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चिति कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

 

अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव राखेका थिए। तर, प्रतिपक्षको विरोधका कारण विधेयकमाथि छलफल भने हुन सकेन ।

 

छलफल नभएपछि सभामुखले निर्णयार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो । प्रदेश सभामा एमाले सांसदहरुले खारेज भएका निर्देशनालयहरुलाई फिर्ताको माग गर्दै सुरुदेखि नै संसद अवरोध गर्दै आएका छन् ।

 

दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदको अवरोधका कारण एक घण्टा स्थगित भएको छ ।

Share: