
काठमान्डौ/गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित घरमा तामाङको शव भेटिएको हो । मृत्युको कारण खुलेको छैन ।रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार घरको कोठाभित्र घोप्टो परिरहेको अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेका थिए । कोठाको ढोका भित्रबाट लगाइएको थियो । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् । चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु उनका हिट् गीतहरू हुन् ।
रोबिनले छड्के, मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् ।