
काठमान्डौ/साताको चौँथो दिन नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
हिजोको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।