अफगानिस्तानका सबै ब्युटी पार्लर एक महिनाभित्र बन्द गर्न तालिबानको आदेश

195
0
Share:

काठमान्डौ/अफगानिस्तानमा तालिबान सरकारले महिलाको स्वतन्त्रतामा अर्को प्रतिबन्ध लगाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबान सरकारले एक महिनाभित्र ब्युटी पार्लर बन्द गर्न आदेश दिएको छ । यो आदेश अफगानिस्तानको नैतिकता मन्त्रालयले जारी गरेको हो ।

 

तालिबान सरकारका प्रवक्ता मोहम्मद सादिक अकिफले ब्युटी पार्लर बन्द गर्ने समयसीमा एक महिना तोकिएको बताएका छन् । ‘एकपटक यी पार्लर बन्द भएपछि हामी यसको कारण पनि बताउनेछौँ’, उनले भने ।

 

अमेरिकाले अगस्ट २०२१ मा अफगानिस्तान छोडेपछि सत्तामा आएको तालिबानले महिलामाथि धेरै प्रतिबन्ध लगाएको छ ।तालिबानले छात्राहरूलाई विद्यालय तथा विश्वविद्यालय जान, महिलाहरूलाई काम गर्न तथा पार्क र जिम जान पनि प्रतिबन्ध लगाएको छ ।

 

संयुक्त राष्ट्र संघका अधिकारी र विश्वका धेरै देशका सरकारहरूले अफगानिस्तानमा महिलामाथि बढ्दो प्रतिबन्धको निन्दा गरिरहेका छन् ।

Share: