
काठमान्डौ/नेपाली कथानक चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुरानो र नयाँ सोचबीचको द्वन्द्व देखाइएको छ ।
अघिल्लो र पछिल्लो पुस्तामा रहेको सोचको भिन्नता र त्यसले परिवार र समाजमा पारिरहेको प्रभावलाई ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलरमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मा देखिन्छन् । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथा बोल्छ ।
सरोज खनालको डेब्यु निर्देशन ‘बगान’ असार २९ गते रिलिज हुँदै छ ।