धैर्यता नै जीवनको सफलता !

233
0
Share:

काठमान्डौ/यदि तपाई सम्पतिको खोजिमा हुनु हुन्छ भने अरु कोहि धनी भएरपनि स्वास्थ्यको खोजिमा हुन्छ। यदि तपाई स्वास्थ्यको खोजिमा हुनु हुन्छ भने अरु कोहि भर्खरै बित्यो । यदि तपाई शक्तिको खोजिमा हुनु हुन्छ भने अरु कोहि पहिले नै शक्तिसाली थियो तर अहिले शक्तिहीन छ । तपाई राम्रो गाडि चड्दै हुनुहुन्छ भने कोहि त्येस्तै राम्रो गाडिमा दुर्घटनामा परि मरिरहेको हुन्छ।

 

तपाई अन्तिम गास खान सकिन भन्दै फाल्नुहुन्छ कोहि तेही गास पाए बाच्थे भनेर आस गरिरहेको हुन्छ। तपाई काम नलाग्ने सामान फोहोर संगै फाल्नु हुन्छ कोहि तेही फोहोरबाट त्यो सामान पाएर खुसि हुन्छ। तपाई अझ राम्रो भबिस्यको लागि भगवानसंग प्रार्थना गर्नु हुन्छ कोहि तपाई कै जस्तो वर्तमानको आस गरिरहेको हुन्छ।

 

यो संसारमा दैनिक करोडौ मुस्कानहरु छरिन्छन् भने करोडौ आसुका थोपाहरु पनि झर्ने गर्दछन । कुनै घरमा बच्चा जन्मिएको खुसियाली मनाइन्छ भने अर्को कुनै घरमा मृत्यु शोक परेको हुन्छ । तपाई गिलासबाट पानी पिउनु हुन्छ र टोइलेट गएर मुत्रत्याग गर्नु हुन्छ भने अर्को पैसा तिरेर सलाइन लगाएर पाइपबाट पिसाब फेर्ने गर्दछ ।

 

त्यसैले जे छ त्येसैमा खुसि हुनुहोस। आफुसंग भएका चिजहरुका लागि कृतघ्न हुनुहोस, नभएका चिज हरुको मोहमा परेर दुखि नहुनुहोस।

Share: