Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चितवनमा चिउरी संरक्षण अभियान – Lekhanpeeth

चितवनमा चिउरी संरक्षण अभियान

Share:

काठमान्डौ/चिउरीको संरक्षणका लागि चितवनको पहाडी क्षेत्रबाट ‘चिउरी जोगाउँ’ अभियान सुरुआत गरिएको छ । चिउरीको महत्व बुझ्न नसक्दा दिन प्रतिदिन लोप हुँदै गइरहेको जनाउँदै बाल कल्याण संस्थाले अभियान थालनी गरेको हो ।

 

चिउरी संरक्षण अभियानअन्तर्गत संस्थाले कालिका नगरपालिका–१० स्थित नान्दरमा छ सय ३५ चिउरीको बिरुवा वितरण गरेको छ । पहाडी क्षेत्रबाट यो अभियान सुरु गरिए पनि विस्तारै पहाडी क्षेत्रसँग जोडिएको तल्लो भेगसम्म पु¥याइने संस्थाका अध्यक्ष पुरुषोत्तम खनालले बताए । कोलभञ्ज्याङ, थाप्राङ, साप्रेनी, जिङलाउ, छेरवाङ लगायतका ठाउँबाट स्थानीय बिरुवा लिन नान्दर पुगेका थिए ।

 

बिरुवा हुर्किएको तीन वर्षमा आर्थिक पुरस्कार दिने संस्थाले घोषणासमेत गरेको छ । “बिरुवा हुर्काउन सफल सबै परिवारलाई नगद पुरस्कार दिने छौँ”, उहाँले भने । संस्थाले प्रतिपरिवार चारका दरले चिउरीको बिरुवा वितरण गरेको उनको भनाइ छ । बिरुवासँगै बिरुवा रोप्न, रेखदेख गर्न प्रतिपरिवार रु पाँचसमेत दिइएको भन्दै उहाँले संस्थाले यसअघि पनि पहाडी क्षेत्रका केही ठाउँमा बिरुवा वितरण गरिसकेको बताए ।

 

‘चिउरी, चमेरो र चेपाङको सम्बन्ध अहिलेदेखि होइन, यिनीहरुको पुर्खाले चिउरीको रुखलाई खुब संरक्षण गरेर राखे’, उनले भने , ‘तर पछिल्लो समय यहाँका चेपाङ चिउरीलाई भन्दा बाहिरी चिजलाई प्राथमिकता दिन थालेपछि चिउरी लोप हुँदै गएको हो’, चेपाङ समुदायमा छोरीलाई चिउरीको रुखनै दाइजो दिने प्रचलन थियो तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई घाँस दिनमात्रै प्रयोग हुन थालेको छ । दाउरा बाल्न थालेपछि चिउरीको रुख विनास हुँदै गएको संरक्षणकर्मी बताउँछन् ।

 

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही भागमा पर्ने पहाडी क्षेत्रमा चिउरीको रुख विनास हुँदै गएपछि चिउरी संरक्षण अभियान सुरु गरिएको बाल कल्याण संस्थाका संस्थापक अध्यक्ष केशव खनालले बताउनुभयो । संस्थाले विगत १२ वर्षदेखि चितवनको पहाडी क्षेत्रमा काम गर्दै आएको जनाउँदै उहाँले पर्यावरणलाई सन्तुलनमा राख्न चिउरीको रुखले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘हाम्रो डाँडापाखामा रहेका चिउरीको रुखले विश्वभरीकै पर्यावरणमा फाइदा पुगिरहेको छ’,उनले भने, ‘चिउरीबाट मानिसले प्रशस्तै फाइदा लिने ठाउँ पनि छन् ।’

 

अध्यक्ष खनालका अनुसार चिउरीबाट पेय पदार्थ बनाउन सकिन्छ, यसको बियाँबाट निस्किएको घ्यू अत्यन्तै लाभदायक छ, यस्तै मौरीजन्य किरालाई परागसेचनका लागि चिउरीको रुखको ठूलो भूमिका हुन्छ । चिउरीको रुख विनाश हुँदै गएपछि चितवनको पहाडी क्षेत्रका डाँडापाखालाई पुनः हरियाली बनाउन संस्थाले चिउरीको बिरुवा वितरण गर्ने अभियान सुरु गरेको उनले बताए ।

Share: