सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा बाबुछोराको मृत्यु

Share:

काठमान्डौ/सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । बिहीबार कपुरकोट गाउँपालिका–३ चोरखोल नजिक गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् ।

 

मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-४ का अन्दाजी ७० वर्षीय बालाराम डाङ्गी र उनका छोरा अन्दाजी(४० वर्षीय टोपलाल डाङ्गी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए ।

 

घाइते हुनेमा गाडी साहु सल्यानको छत्रेश्वरी गाउँपालिका-६ का अन्दाजी ३३ वर्षीय महेन्द्र वली रहेका छन् ।

 

सल्यानबाट रोल्पाका लागि छुटेको रा १ ख ८३४ नम्बरको बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारका कारण बसमा करेन्ट लागेको प्रहरी प्रमुख केसीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Share: