
काठमान्डौ/आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौँ महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
१० असारमा उपमेयर सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको बताइएको छ ।
अर्को बैठक २६ गते राखिएको छ ।