
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।