Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची – Lekhanpeeth

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

219
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल हुनेछ ।

 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथि सदनमा दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् । र, आजै सो विधेयकमाथि संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

 

Share: