Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालेन साह भन्छन् ‘भारतीय गुलामले देश चलाउँदैछन्, म मात्रै विरोधमा ?’ – Lekhanpeeth

बालेन साह भन्छन् ‘भारतीय गुलामले देश चलाउँदैछन्, म मात्रै विरोधमा ?’

366
0
Share:

काठमान्डौ/काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहले भारतीय गुलामहरूले देश चलाउँदै गरेको आरोप लगाएका छन् । ‘सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन्’ भनी उनले प्रश्न समेत गरेका छन् ।

 

उनले लेखेका छन्, ‘भारतीय गुलामहरूले देश चलाउँदैछन् र म मात्र विरोधमा रु र म मात्र अदालतको अवहेलनामा रु सबै जना मरेका लाशहरु हुन् ?’ उनले सामाजिक सञ्जालमार्फत आफूहरूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको बताएका छन् । ‘हामीलाई प्रचण्ड ज्यू भन्दा प्रचण्ड ज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

 

केही दिनअघि मात्रै एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

 

Share: