Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ – Lekhanpeeth

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

Share:

काठमान्डौ/नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।

 

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

Share: