
काठमान्डौ/चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भक्कानिएका छन् । हिजो मध्यरातमा फेसबुक लाइभमा आएर उनी बिक्षिप्त रुपमा प्रस्तुत भएका हुन् । उनले आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र अब बाँच्नै नसक्ने अवस्थामा पुगेको बताए ।
खत्रीले हिजो फेसबुकमा हालै आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले चाँडै नै अर्को एक कलाकार गुमाउनुपर्ने लेखेका थिए । सो स्टाटसको आशयलाई अझै खुलस्त पार्दै खत्रीले फेसबुक लाइवमा आफू अब बाँच्न नसक्ने बताएका हुन् ।
६ महिनादेखि आफूलाई निकै गाह्रो भएको सुशान्तले बताएका छन् । उनले आफ्नो समस्या भने खुलाएका छैनन् । आफूले धेरैलाई साथ र सहयोग गरे पनि आफूलाई चाहिएको बेला अरुको साथ नपाएको उनको गुनासो पोखेका छन् ।
सुसान्तले भने ‘सक्दिन अब मैले । सक्दिनँ । जसको धेरै आवश्यकता छ, त्यो टाइममा कोही पनि हुँदैन रहेछ भन्ने आज आएर थाहा भयो । जहिले पनि आफू पछाडि बसेर मान्छेहरुलाई हेल्प गरेँ । आफू गिरेर भए पनि सबैलाई हेल्प गरेँ । तर लास्टमा आफू नै नराम्रो भइँदो रहेछ ।’
‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ । कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी‘ मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु’ उनले भने ।
उनले भने ‘कति दुख छ छोरालाई थाहा छ रु कति दुख छ यो सुशान्तलाई थाहा छ रु कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन ।’
उनले औषधिको पत्ता देखाउँदै आफूले कुनै पनि क्षण गलत निर्णय लिन सक्ने बताए । ‘आइ ह्याभ अ मेडिसिन राइट नाउ’ । जतिबेला पनि ‘आइ क्यान डु यु नो’ ‘दिस इज द फ मेडिसिन’ । सिक्स पिल्स लाइभ गन’। उनले आफू हाल भारतमा रहेको र अरुको देशमा मर्न मन नलाग्ने उल्लेख गर्दै आफ्नै देशमा आएर मर्ने बताए ।