Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२५ निर्माण व्यवसायीलाई स्पष्टीकरण – Lekhanpeeth

२५ निर्माण व्यवसायीलाई स्पष्टीकरण

228
0
Share:

काठमान्डौ/सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ निर्माण व्यवसायीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ। २५ निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा अटेर गरेसंगै सात दिने अर्को स्पष्टीकरण सोधिएको हो ।

 

‘निर्माण व्यवसायीहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ । तसर्थ सो सूचना प्रकाशित भएको मितिले ७ ९सात० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम ९४क० को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ,’ कार्यालयले भनेको छ।

Share: