Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभा बैठक तीन बजेका लागि सर्‍यो – Lekhanpeeth

प्रतिनिधि सभा बैठक तीन बजेका लागि सर्‍यो

214
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको बैठक दुई घन्टा सरेको छ । दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

 

प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको हो । बैठकपछि प्रधानमन्त्री प्रचण्डले दुई घन्टा बैठक सार्न आग्रह गरेको प्रेस संयोजक अधिकारीले बताएका छन् ।

 

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घण्टा पछि सार्नुभएको छ। टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिनुभयो,’ अधिकारीले भने । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ। उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।

Share: