स्व रकस्टार रोविन तामाङ्गको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक (भिडियोसहित) 

Share:

काठमान्डौ/रकस्टार रोविन तामाङ्गको आज अन्तेष्टि गरिएको छ । आज बिहानै उनलाई उनका शुभचिन्तक, चलचित्रकर्मी, संगीतकर्मी र नेताले अन्तिम श्रद्धान्जली दिएका थिए । उनै रकस्टार तामाङ्गको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक दुई दिनअघि सार्वजनिक भएको छ ।

 

सुरेश राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजेश पायल राईले आवाजमा साथ दिएका छन् । गीतको भिडियोमा राजेश र रोविन फिचर रहेका छन् । गीतको र्याप रोबिन स्वयंले तयार पारेका हुन् ।

 

निरन्जन पाण्डेको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सोनाम तामाङ्गले खिचेका छन् । निर्देशक पाण्डेले चलचित्रको लागी गीत तयार गरेको भए पनि रोविनको निधन पश्चात उनलाई श्रद्धान्जली दिन गीत सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

 

Share: