पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

115
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्ष एवं पूर्वसांसद कर्णेल लालकाजी गुरुङको निधन भएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका गुरुङको शनिबार काठमाडौँमा निधन भएको जानकारी दिए ।

 

विसं २०४८ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका गुरुङ भारतीय सेनाका पूर्वकर्णेल रहेका । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेसले जनाएको छ । गुरुङको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ ।

 

गुरुङको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले स्व गुरुङले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

सभापति देउवाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Share: