‘मिस स्टार युनिभर्स’को ताज सृष्टिले जितिन्

Share:

काठमान्डौ/दुवईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

 

२२ वर्षिया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइटलसमेत हात परेकी छन् ।

 

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताजसहित पठाएको थियो ।

Share: