बैतडीमा बस दुर्घटना : १ जनाको मृत्यु, घाइते ३८ मध्य ६ को अवस्था गम्भीर

176
0
Share:

काठमान्डौ/बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले जानकारी दिए ।

 

उनका अनुसार ३१ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका(६ का उमेश भण्डारी रहेका छन् । दुर्घटनामा ३९ जना घाइते भएका थिए । प्रजिअ पन्थीका अनुसार घाइते भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

 

पञ्चेश्वर गाउँपालिका-३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका(७ स्वाखानीमा दुर्घटना भएको हो ।

 

घटना स्थलमा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमान्डमा टोली खटिएको छ । प्रजीअसहितको टोली पनि घटनास्थल पुग्नै लागेको छ ।

Share: