Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पल शाहको प्रश्न : ‘निधारमा बलात्कारी लेखेर देश छोडौं कि आत्मदाह गरौं ?’ – Lekhanpeeth

पल शाहको प्रश्न : ‘निधारमा बलात्कारी लेखेर देश छोडौं कि आत्मदाह गरौं ?’

Share:

काठमान्डौ/नायक पल शाहले आफूलाई बलात्कारीको ट्याग दिएकोमा आपत्ति जनाएका छन् । हिजो साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई बलात्कारीको ट्याग नलगाउन आग्रह गरेका हुन् ।

 

कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘ह्वाट द फ्लप’मा कर्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीसँग गरेको अन्तरवार्ता विवादित बनेर हटाइएपछि शाहले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै अदालतबाट सफाई पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।

 

‘म के गरौँ ? कसरी बाचौँ ? कसरी हिँडौँ,कसरी बोलौँ, कसरी खाउँरु कसरी लाउँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ’, शाहले लेखेका छन् ।

आफूले विगतमा कानुनलाई सम्मान गरेर एक वर्षसम्म जेल बसेको र अदालतबाट सफाई पाएकै कारण निस्किएको भन्दै उनले अगाडि लेखेका छन्, ‘कानुनले तँ सही छस् भनेर सफाई दिएको विषयलाई जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदो रहेछ…..

Share: