मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

Share:

काठमान्डौ/आज विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमान्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

 

लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको सनाखत भने हुन सकेको छैन । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार थिए । प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेको छ ।

 

मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । अहिले दुर्घटनास्थलमा काठमान्डौबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ ।

Share: