मनाङ हेलिकोप्टर दुर्घटना : मृतक पाँचैजना एकै परिवारका

145
0
Share:

काठमान्डौ/मंगलबार बिहान सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचजना विदेशी नागरिक एकै परिवारको भएको खुलेको छ । मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । उनीहरु सबै एकै परिवारका भएको हेलिकोप्टर सेवा प्रदायक संस्था एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताए ।

 

मृत्यु हुने मेक्सिकन नागरिकहरु एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्समार्फत खुम्बु क्षेत्रको अवलोकन गर्न गएका थिए । उनीहरु चढेको हेलिकोप्टर फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

 

मृत्यु हुने एकै परिवारका मेक्सिकोका नागरिकमा बाबु, आमा, दुई छोरी र एक छोरा रहेको पाण्डेले बताए । मृत्यु हुनेमा सिफुइन्तेस जी। फर्नान्डो, गोन्जालेज अब्रिक, गोन्जालेज ओलासिओ लुज, सिफुइन्तेस जी। मारिया जोस र रिनकोन इस्माअल रहेका छन् ।

 

उनीहरु खुम्बु क्षेत्र अवलोकन गर्न आइतबार भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए ।

Share: