Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ठेचोका सुकुम्वासीलाई निस्सा वितरण – Lekhanpeeth

ठेचोका सुकुम्वासीलाई निस्सा वितरण

648
0
Share:

काठमान्डौ/गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा केसीसहितको उपस्थितिमा भूमि आयोग जिल्ला समिति ललितपुरले ठेचोका पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो ।

 

सो अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले भूमि आयोगसँगको समन्वयमा नगरपालिकाभित्रका सबै सुकुम्वासीलाई निस्सा गर्दै आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए । ‘हामीले गत असार ३१ गते वडा नं ७ देवीचौरका भूमिहीनलाई निस्सा वितरण गरिसकेका छौँ, अब बाँकी १२ वटै वडाका भूमिहीनलाई निस्सा वितरणका लागि भूमि आयोग जिल्ला समितिसँग समन्वय भइरहेको छ, करिब एकदेखि दुई महिनाभित्र सबै भूमिहीनहरुलाई निस्सा वितरण सम्पन्न गर्नेछौँ’, उनले भने ।

 

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले भूमि आयोग ललितपुरले निस्सा वितरणलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताए । ‘ललितपुरका सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने सबै सुकुम्वासी र भूमिहीनलाई निस्सा वितरण गरी लालपुर्जा वितरण गर्न कुनै समस्या छैन । सबैले सहयोग गर्ने हो भने राज्यको नीति र लक्ष्यअनुरुप काम गर्न र भूमिहीन सुकुम्वासीहरुलाई स्थानीय तहले व्यवस्थापन गरेको जग्गाको लालपुर्जा वितरण गर्न कुनै समस्या छैन’, संयोजक महर्जनले भने ।

 

भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार हालसम्म बागमती गाउँपालिकाका ९४ परिवार, गोदावरी नगरपालिका–७ देवीचौरका १४ परिवार र वडा नं १२ ठेचोका पाँच परिवार गरी एक सय १३ परिवारलाई निस्सा वितरण भइसकेको र बाँकी रहेका स्थानीय तह र वडाहरुमा निस्सा वितरणका लागि तयारी भइरहेको छ ।

Share: