थाइल्यान्डका प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा

113
0
Share:

काठमान्डौ/थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । नयाँ सरकार गठन नभएसम्म उनले प्रधानमन्त्रीकै रूपमा काम गर्ने भएका छन् ।

 

युनाइटेड थाई नेसन (युटिएन)पार्टीको आधिकारिक फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै उनले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब म युटिएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दै छु ।’

 

उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन् । उनको यो निर्णय थाई संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिनअघि सार्वजनिक भएको हो ।

 

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख प्रयुतले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए । (एएफपी)

Share: