
काठमान्डौ/साताको चौँथो दिन नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । यो साताको आइतबारदेखि मंगलबारसम्म स्थिर रहेको सुन-चाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोसम्म छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोसम्म चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो ।