सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

154
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

 

६९ वर्षको उमेरमा सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । अहिले दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको हो ।

 

उनको पार्थीव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Share: