दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

164
0
Share:

काठमान्डौ/प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गरेका  छन् ।

 

पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उनीहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । दाहालको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

 

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पेरिसडाँडा पुगी श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै नेकपा (एमाले)का उपाध्यक्षहरु सुवास नेम्वाङ्ग र विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराईले पनि श्रद्धाञ्जली अर्पण गरे ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् भने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गरे ।

Share: